
काठमाडौँ- संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य भएका छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
आजको संसद् बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हुने छ। गत माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो।
प्रकाशित: १९ चैत २०८१ १२:३४
प्रतिक्रिया