सर्ट फिल्म ‘दृश्य’ को पोस्टर सार्वजनिक

हिमाल प्रेस १९ चैत २०८१ १२:२४
22
SHARES
सर्ट फिल्म ‘दृश्य’ को पोस्टर सार्वजनिक

काठमाडौँ- सर्ट फिल्म ‘दृश्य’ (द लाईट अफ आई) को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा एउटा आँखाभित्र दुईजना पात्र देखाइएको छ। एकजना दृष्टिविहिन र अर्को सामान्य मानिसलाई आँखाभित्र देख्न सकिन्छ। पोस्टर डिजाइनर रसिक राज हुन्।

फिलम काठमाडौँमा छायांकन गरिएको छ। फिल्ममा नारायणराज चौंलागाईं, सुवास प्रसाद गजुरेल, राकेश श्रेष्ठ, आरुष मगर, युनिसा कार्की, बिदुर प्रसाद सिग्देल, सन्तोष सुवेदी, नरेन भट्टराई, रमेश बज्राचार्य, चक्र प्रसाद पोखरेल, उद्धब दंगाल, नितु घिमिरे, सुरेन्द्र क्षेत्री, सुरज आचार्य, रिजन थापालगायत कलाकारको अभिनय छ। फिल्ममा सन्तोष कार्की, उद्धव दंगाल, रेनुका कार्की, अविन ठटाल र कृषला श्रेष्ठले स्वरांकन गरेका छन्।

‘दृश्य’को पात्र र चरित्रकै लागि ६ महिनादेखि तयारी गरेर आफूले सकेसम्म मेहनत गरेको कलाकार नारायणराज चौलागाईं बताए। उनले यसै लघु फिल्ममार्फत मुख्य पात्रका रुपमा डेब्यु गरेका हुन्। नारायण काइँलोका रुपमा परिचित उनी गजलकार तथा गीतकारसमेत हुन्।

फिल्मका लेखन तथा निर्देशन मोहन अभिलाषी हुन्। बाहिरी आँखाले देखेको भौतिक दुनियाँ र हृदयले महसुस गर्ने अन्तरमनको दुनियाँलाई तुलनात्मक रुपमा फिल्ममा देखाउन खोजिएको निर्देशक अभिलाषी बताए।

‘मानिस जन्मेपछि मर्नुपर्छ, यो प्रकृतिको नियम हो। भौतिक दुनियाँमा बाँच्नको लागि मानिसहरुले जीवनमा अनेक संघर्ष गरिरहेका हुन्छन्। हामी बाहिरी आँखाले देखेको भौतिक दुनियाँमा रुमल्लिरहेका छौँ र लोभ, मोह, माया, ईष्र्या, डाह, घृणा, रिस, आदिमा अल्झिरहेका हुन्छौँ। केहि समय आँखा बन्द गरेर सोच्ने हो भने पनि मन र मष्तिष्कले मानिसलाई अझ सुन्दर जीवन जिउन सिकाइरहेको हुन्छ’ उनले भने। फिल्ममा पनि यिनै परिवेशमा कथावस्तु तयार पारेको उनले बताए।

‘दृश्य’लाई विभिन्न ओटिटी प्लेटफर्ममार्फत् रिलिज गर्नुअघि अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा सहभागी गराइने उनको योजना छ।

ऐना आर्टसको प्रस्तुति तथा आश्री इमिग्रेसनको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता नितु घिमिरे हुन्। फिल्म नारायण जिसीको सिनेमाटोग्राफी, सुमित राईको कला निर्देशन, सन्तोष श्रेष्ठको संगीत, बाँसुरी वादकमा नगेन्द्र राई, सहायक निर्देशनमा करण साउद, अनिल कुमार महर्जनको सम्पादन तथा रंग संयोजनमा बनेको छ।

निर्देशक अभिलाषीले यसअघि लघु फिल्म ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’, र ‘द स्कूल वाल’ निर्माण गरेका थिए। कतिपय फिल्मले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अवार्ड पनि जितेको छ।

प्रकाशित: १९ चैत २०८१ १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast