राप्रपा वरिष्ठ नेता एवं सांसद दीपक बोहोराको निधन

हिमाल प्रेस १९ चैत २०८१ ११:२५
34
SHARES
राप्रपा वरिष्ठ नेता एवं सांसद दीपक बोहोराको निधन

काठमाडौँ- राप्रपाका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधन भएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पेटको समस्याबाट ग्रसित बोहोरा ओम अस्पताल काठमाडौँमा निधन भएको हो।

राप्रपा प्रवक्ता सगुन सुन्दर लावतीका अनुसार पोस्ट कोभिड समस्याले गर्दा उनी बोल्न नसक्ने अवस्थामा थिए। संक्रमणको चार/पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो। पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए।

समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए। उनी रूपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । उनले नेपाली कांग्रेसका नेता एवं बालकृष्ण खाणलाई हराएका थिए।

प्रकाशित: १९ चैत २०८१ ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast