
काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका उपमहासचिव तथा सांसद दीपक कार्कीले मधेसी समुदायको समान सहभागिता सुनिश्चित गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन्।
रासससँग कुरा गर्दै उनले संघीयता बलियो बनाउन प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने, उद्योग पुनःसञ्चालन गरेर रोजगारी सिर्जना गर्ने र धार्मिक पर्यटन प्रवर्द्धन गर्न सरकार गम्भीर हुनुपर्ने बताए।
उनका अनुसार मधेसी समुदायको जनसंख्या २२.२२ प्रतिशत रहेकाले संघीय मन्त्रिपरिषद्सहित राज्यका सबै निकायमा सोही अनुपातमा प्रतिनिधित्व हुनुपर्छ।
भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र राजनीतिक स्थायित्वका लागि अख्तियारलाई स्वतन्त्र तथा प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।
प्रकाशित: १९ चैत २०८१ १०:४६
प्रतिक्रिया