
काठमाडौँ- सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मोटरसाइकलमा सवार एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार पूर्व-पश्चिम राजमार्गको सुनसरीको इनरुवा नगरपालिका-६ खण्डमा विराटनगरबाट विरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २९३१ नम्बरको बसले इनरुवाबाट धरानतर्फ जाँदै गरेको को २५ प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट परी गम्भीर घाइते भएका चालक सुनसरीको हरिनगर गाउँपालिका-३ का ४६ वर्षीय महेशकुमार मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
मोटरसाइकलमा सवार सुनसरी देवानगंज गाउँपालिका-२ का ५७ वर्षीय गुगली मेहता घाइते छन्।
प्रकाशित: १९ चैत २०८१ १०:३९
प्रतिक्रिया