
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन्।
आज बिहान १० बजे लामिछानेसहित रास्वपा सांसदहरू सभामुखलाई भेट्न सिंहदरबार स्थित कार्यालय जाने रास्पवाका मुख्य सचेतक सन्तोष परियारले जानकारी दिए।
सहकारी अनियमितता प्रकरणमा अनुसन्धान जारी रहेकोले पछिल्लो समय लामिछाने राजनीतिमा सक्रिय थिएनन्। सोमबारबाट उनी सक्रिय राजनीतिमा फर्किएका छन्।
आज हुन लागेको सभामुखसँगको छलफलमा सांसद पद निलम्बनबारेमा कुराकानी गर्ने परियारले बताए।
प्रकाशित: १९ चैत २०८१ ८:३६
प्रतिक्रिया