
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहितका कतिपय मुद्रा सस्तिएका छन्। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा छ। विगत तीन दिनदेखि अमेरिकी डलरको विनियमदर यही छ।
आज युरो १ को खरिददर १४७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४८ रुपैयाँ २८ पैसा छ। हिजो युरो १ को खरिददर १४७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४१ पैसा थियो।
आज पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४० पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३८ पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ३० र बिक्रीदर ८५ रुपैयाँ ६८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ८० र बिक्रीदर ८६ रुपैयाँ १८ पैसा थियो।
कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६८ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६५ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५८ पैसा छ।