
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्ड जाँदैछन्। थाइल्यान्डमा हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो।
थाइल्यान्डमा नेपालका प्रधानमन्त्रीबाट हुन लागेको यो पहिलो औपचारिक भ्रमण हो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्यान्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने ओलीको इच्छा छ। तर, मोदीसँग भेटवार्ता मिल्ने सम्भावना कम छ।
थाइल्यान्डका नरेशसँग पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ। दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारी पत्रमा हस्ताक्षर हुनेछ।
प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रतिष्ठित व्यावासायीहरूसँग छलफल गर्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन जानकारी दिए।
बिमस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्ने र सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने प्रधानमन्त्री ओलीले बताए।