
काठमाडौँ- ‘कि बितिन्छ, कि जितिन्छ’ नारा लिएर शिक्षक-कर्मचारी अहिले आन्दोलित छ। विद्यालय शिक्षा विधेयक पारितको माग राख्दै आन्दोलित बनेका शिक्षक–कर्मचारीको मागप्रति सरकारले नजरअन्दाज गरेको छ। किनकि, शिक्षा विधेयक पारित नगरी सरकारले दुवै सदनको अन्त्य गर्ने निर्णय लिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते मङ्गलवार राति १२ बजेबाट संसद्को हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
सरकारले अन्य ५ विधेयक भने सोमबारै पारित गरेको थियो। हाल शिक्षा समितिमा रहेको विद्यालय शिक्षा विधेयकमा भने सरकारी पक्षबाट चासै पुगेन।
प्रकाशित: १९ चैत २०८१ ६:५१
प्रतिक्रिया