
काठमाडौँ- काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा गत चैत १५ मा तोडफोड र लुटपाट भयो।
तीनकुनेमा राजावादी प्रदर्शनमा आएका भनिएका प्रदर्शनकारीले कोटेश्वर पुगेर भाटभटेनी लुट्न पुगे। लुटेराले कसैले रक्सी र कसैले स्याउ-सुन्तला लुटेर हिँड्दै गरेको भिडियोमा देख्न सकिन्छ।
भाटभटेनीले भने लुटपाट र तोडफोडबाट ८० लाखभन्दा बढीको क्षति भएको जनाएको छ।
भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ ।
प्रकाशित: १९ चैत २०८१ ६:२८
प्रतिक्रिया