६ प्रदेशमा वर्षाको सम्भावना, महाशाखा भन्छ : कोशी, मधेस र बागमतीमा वर्षा अहिले पनि जारी छ

हिमाल प्रेस २९ चैत २०८१ ६:२४ | Friday, April 11, 2025
६ प्रदेशमा वर्षाको सम्भावना, महाशाखा भन्छ : कोशी, मधेस र बागमतीमा वर्षा अहिले पनि जारी छ

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) मधेशबाहेकका प्रदेशका वर्षाको सम्भावना छ। महाशाखाअनुसार अहिले पनि कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी तथा हिमाली भूभागका हिमपातको सम्भावना रहेको कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: २९ चैत २०८१ ६:२४ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast