२० वर्षपछि अछेते-भिमापोखरा सडक स्तरोन्नति

हिमाल प्रेस १२ वैशाख २०८२ १०:४७ | Friday, April 25, 2025
२० वर्षपछि अछेते-भिमापोखरा सडक स्तरोन्नति प्रतिनिधिमूलक तस्बिर

बागलुङ- अछेते-भिमापोखरा सडक एक करोड ५० लाख लागतमा स्तरोन्नति गरिएको छ। उक्त सडकको पाँच किलोमिटरमध्ये आठ स्थानमा ढलान गरिएको छ भने केही स्थानमा पहिरो रोकथामका लागि सडक चौडा पारिएको छ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाका अनुसार काठेखोला गाउँपालिकाको ५० लाख र भिमापोखरा वडा कार्यालयको २० लाख गरी ७० लाखको लागतमा सडक स्तरोन्नति गरिएको हो।

पूर्वाधार विकास कार्यालयबाट प्राप्त ८० लाख ढलान तथा पहिरो नियन्त्रणमा खर्च भएको छ। केही स्थानमा काम जारी छ। चार स्थानमा पहिरो नियन्त्रण गर्ने पूर्वाधार बनाइने छ।

गाउँपालिकाले अछेते-भिमापोखरा सडकलाई कालोपत्र गर्न पर्याप्त बजेट विनियोजन नभएकाले केन्द्र सरकारसमक्ष अनुरोध गरिएको तथा विस्तृत परियोजना प्रतिवेदन पनि प्रस्तुत गरिएको अध्यक्ष थापाले जानकारी दिए।

प्रकाशित: १२ वैशाख २०८२ १०:४७ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast