१७ वैशाखको राशिफल : तुलाको घरसल्लाह नमिल्ने, मकरको साथीसँग भेट हुने

हिमाल प्रेस १७ वैशाख २०८२ ६:१९ | Wednesday, April 30, 2025
१७ वैशाखको राशिफल : तुलाको घरसल्लाह नमिल्ने, मकरको साथीसँग भेट हुने

मेष
सोचेको आटेको कामहरु बन्नेछन्। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा बदलिने छ।

वृष
सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ। ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ।

मिथुन
नयाँ काम गर्ने अवसर मिल्नेछ। सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ। जागिरमा पदोन्नति हुनेछ। राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ।

कर्कट
परोपकारी काममा रुची बढ्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ।

सिंह
सहयोगीहरूले काममा साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ।

कन्या
साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ। ब्यापार ब्यवसायमा प्रशस्त लाभ मिल्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

तुला
टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ।

वृश्चिक
व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि प्रगति हुने समय छ।

धनु
ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइ लेखाइमा प्रगति हुनेछ।

मकर
रोकिएका अधुरा कामहरु सुचारु हुनेछन्। धेरैले तपाइका कामको तारिफ गर्नेछन्। लामो समयपछि साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ।

कुम्भ
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।

मीन
सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

प्रकाशित: १७ वैशाख २०८२ ६:१९ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast