११ वैशाखको राशिफल : तुलाको स्वास्थ्यमा सुधार, सिंहको विदेश जाने योग

हिमाल प्रेस ११ वैशाख २०८२ ६:२४ | Thursday, April 24, 2025
११ वैशाखको राशिफल : तुलाको स्वास्थ्यमा सुधार, सिंहको विदेश जाने योग

मेष
व्यापार ब्यवसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ। परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ।

वृष
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ।

मिथुन

काममा विभिन्न अवसर पाइनेछ। समयमा सही निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ। अरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्।

कर्कट
काममा परिवारको सहयोग प्राप्त हुनेछ। सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ।

सिंह
आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ। अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ। काममा सजिलै सफलता मिल्नेछ।

कन्या
आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ। प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

तुला
स्वास्थ्यमा सुधार आउनेछ। भेटघाटमा समय बित्नेछ। विश्वास गरेकाले साथ दिनेछन्। रोकिएका कामहरु सुचारु हुनेछन्।

वृश्चिक
श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ। पढाइलेखाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने समय छ।

धनु
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापार ब्यवसायमा फाइदा हुनेछ।

मकर
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

कुम्भ
साथीभाइको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन्। व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ ।

मीन
पढाइलेखाइमा प्रगति हुनेछ।आश मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

प्रकाशित: ११ वैशाख २०८२ ६:२४ | Thursday, April 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast