‘होस्टेल ३’ ले मनायो ५१ दिन

हिमाल प्रेस १५ वैशाख २०८२ १७:२५ | Monday, April 28, 2025
‘होस्टेल ३’ ले मनायो ५१ दिन

काठमाडौँ- फिल्म ‘होस्टेल ३’ ले रञ्जना सिनेमा हलमा प्रदर्शनको ५१ दिन मनाएको छ। गतवर्ष फागुन २३ देखि प्रदर्शनरत फिल्मले न्युरोडस्थित रञ्जना सिनेमा हलमा सोमबार (आज) विशेष कार्यक्रम गर्दै ५१ दिन मनाएको हो।

फिल्मले शनिबार नै ५१ दिन पूरा गरेको थियो। विभिन्न कारणले दुई दिन ढिला गरी कार्यक्रम आयोजना गरिएको निर्देशक सशान कँडेलले जानकारी दिए।

कार्यक्रममा फिल्म युनिटलाई प्रशंसा पत्र प्रदान गरिएको छ। कार्यक्रममा प्रमुख कलाकारहरू पारस बम (कुल ब्वाय), सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे र सन्तोष बानियाँको उपस्थित थिए।

फिल्ममा विशेष भूमिका निभाएका लोकप्रिय कलाकार केदार घिमिरे पनि सहभागी भए। उनले ‘होस्टेल ३’मा अभिनय गरेका नयाँ कलाकारहरूको पहिलो फिल्म नै सफल भएकोमा खुसी व्यक्त गरे। आफ्नो छोरा आशिष घिमिरेसहित अन्य कलाकारहरूको सफलताले आफू भावुक बनेको बताए।

नयाँ पुस्ताका कलाकारहरूले आफ्नो पहिलो फिल्म दर्शकको प्रेमले सफल बनेको भन्दै आभार प्रकट गरे। उनीहरूले ‘होस्टेल ३’लाई आफूहरूका लागि (विश्वविद्यालय) भएको बताउँदै यसबाट सिकेको अनुभव अमूल्य रहेको उल्लेख गरे।

‘होस्टेल’को सिक्वेललाई नेपाली फिल्म क्षेत्रमा नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्ने फिल्मका रूपमा चिनिन्छ। यसको तेस्रो सक्वेलले पनि सम्भावना बोकेका केही कलाकारलाई परिचित गराएको छ।

फिल्ममा पारस बम ‘कुल ब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, प्रवीण खतिवडा, आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँको अभिनय छ। फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन्।

प्रकाशित: १५ वैशाख २०८२ १७:२५ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast