हाम्रा सहमति कार्यान्वयनसहितको शिक्षा ऐन जारी गर्नुको विकल्प राज्यसँग छैन : महासंघ अध्यक्ष सुवेदी

हिमाल प्रेस ४ वैशाख २०८२ ७:०३ | Thursday, April 17, 2025
हाम्रा सहमति कार्यान्वयनसहितको शिक्षा ऐन जारी गर्नुको विकल्प राज्यसँग छैन : महासंघ अध्यक्ष सुवेदी नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदी। तस्बिर : हिमालप्रेस

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जारी शिक्षक आन्दोलन शान्तिपूर्ण, मर्यादित र अनुशासित रूपमा अघि बढिरहेको स्पष्ट पारेका छन्। यसलाई कायम राख्न आम शिक्षक कर्मचारीहरूलाई उनले अनुरोध गरेका छन्।

अध्यक्ष सुवेदीले बुधबार एक अपिल जारी गर्दै शिक्षक आन्दोलन अहिले अवज्ञा र असहयोगसहितको चरणमा रहेको जानकारी दिएका छन्। ‘हाम्रो आन्दोलन जारी छ। हामी अवज्ञा र असहयोगसहित शान्तिपूर्ण आन्दोलनमा छौं,’ अध्यक्ष सुवेदीले भने।

उनले सरकारलाई शिक्षासम्बन्धी सहमति कार्यान्वयनसहितको कानुन ल्याउनुबाहेक विकल्प नरहेको उल्लेख गरे। ‘चाँडो हाम्रा सहमति कार्यान्वयनसहितको ऐन जारी गर्नुको विकल्प छैन राज्यसँग,’ सुवेदीले स्पष्ट पारे।

आन्दोलनलाई अझ सशक्त बनाउन सबै शिक्षक कर्मचारीलाई एकजुट हुन उनले आह्वान गरेका छन्। ‘आउन बाँकी साथीलाई आन्दोलनमा जोड्न सबैले प्रयास गरौं। आफ्ना-आफ्ना पालिका र जिल्लाका साथीहरुलाई बोलाऔं,’ सुवेदीको जोड छ।

महासंघले निरन्तर वार्ता र संवैधानिक ढाँचाभित्रै रहेर मागहरू अघि सार्दै आएको उल्लेख गर्दै सुवेदीले सबै तहका शिक्षकलाई ऐक्यबद्धतासहित आन्दोलनमा सहभागिताका लागि आग्रह गरेका छन्।

आज १६ औं दिनको आन्दोलन प्रारम्भ हुँदैछ।

प्रकाशित: ४ वैशाख २०८२ ७:०३ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast