हलगोरु पाल्ने किसानलाई पोखरा महानगरले दियाे १० हजार

हिमाल प्रेस ४ वैशाख २०८२ ११:५७ | Thursday, April 17, 2025
हलगोरु पाल्ने किसानलाई पोखरा महानगरले दियाे १० हजार प्रतिनिधिमूलक तस्बिर

पोखरा- पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार १० हजार अनुदान प्रदान गरेको छ। महानगरपालिका क्षेत्रमा हलगोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए।

पोखराको भूबनोटका कारण सबै ठाउँमा ट्याक्टर प्रयोग गर्न नसकिने भएकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिइएको उनले बताए। गत भदौमा अनुदानसम्बन्धी सार्वजनिक सूचना जारी गरिएकामा ५७० जनाले आवेदन गरेका थिए।

महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम प्रदान गर्न थालेको हो।

प्रकाशित: ४ वैशाख २०८२ ११:५७ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast