हङकङविरुद्ध बलिङमा नेपाल

हिमाल प्रेस २८ चैत २०८१ ६:४९ | Thursday, April 10, 2025
हङकङविरुद्ध बलिङमा नेपाल

काठमाडौँ- हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले शुक्रबार दोस्रो खेल खेल्दैछ। हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो। पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ।

प्रकाशित: २८ चैत २०८१ ६:४९ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast