सौगात र बेनिशा अभिनीत ‘सिटामोल’ साउन २३ मा प्रदर्शन

हिमाल प्रेस १ वैशाख २०८२ ११:५३ | Monday, April 14, 2025
सौगात र बेनिशा अभिनीत ‘सिटामोल’ साउन २३ मा प्रदर्शन

काठमाडौँ- राज बहादुर सानेको निर्देशनमा बनेको फिल्म ‘सिटामोल’ साउन २३ मा प्रदर्शन हुने भएको छ।

निर्माण टिमले वैशाख १ अर्थात् नेपाली नयाँ वर्ष २०८२ को अवसरमा फिल्मको पोस्टर सार्वजनिक गर्दै साउन २३ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

पोस्टरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल छन्। अभिनेता सौगात बैशाखीको सहाराले हातमा रातो भाले समातेर उभिएका छन्, भने बेनिशा उनको छेउमा बच्चा बोकेर प्रशन्न मुद्रामा देखिन्छन्।

माओवादी जनयुद्धको कथामा बनेको फिल्ममा सौगात जनयुद्धको घाइते पात्रको भूमिकामा छन्। फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्।

सौगात र बेनिशाबाहेक फिल्ममा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ।

तुल्सी देवी फिल्म र जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको छ। फिल्मका निर्माता भुगोल कुमार कार्की र विकाश राज जोशी हुन्।

दिव्य सुवेदीले छायांकन गरेको फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको छ।

प्रकाशित: १ वैशाख २०८२ ११:५३ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast