सुनिल निउरेको निर्देशनमा ‘पुष्पलता’ निर्माण घोषणा

हिमाल प्रेस १ वैशाख २०८२ १२:४५ | Monday, April 14, 2025
सुनिल निउरेको निर्देशनमा ‘पुष्पलता’ निर्माण घोषणा

काठमाडौँ- सुनील निउरेको लेखन तथा निर्देशनमा फिल्म ‘पुष्पलता’ बन्ने भएको छ। नयाँ वर्ष २०८२ को अवसरमा ‘पुष्पलता’ निर्माण घोषणा गरिएको हो।

फिल्म प्रेम कथामा आधारित हुनेछ। निर्माण टिमले फिल्मको दुई थिम पोस्टर सार्वजनिक गरेको छ।

फिल्ममा सहायक निर्देशन तथा लेखकको रुपमा काम गरिसकेका निउरेको यो डेब्यु निर्देशन हो। पछिल्लो समय बनि रहेको प्रेमकथा भन्दा फरक कथामा फिल्म बनाउन लागेको लेखक तथा निर्देशक निउरेले बताए।

टिमले फिल्ममा को-को कलाकार रहने भन्ने खुलाएको छैन। ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा बन्नेछ। फिल्मको छायांकन आगामी भदौदेखि सुरू गर्ने टिमको तयारी छ। फिल्ममा हर्क साउदको शब्द सुशान्त गौतम, प्रशान्त शिवाकोटी र जयन जे वाइवाको संगीत रहनेछ।

प्रकाशित: १ वैशाख २०८२ १२:४५ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast