सिंहदरबारमा कर्मचारीहरूको धर्ना, संघीय ऐन जारी गर्न सरकारलाई दबाब

हिमाल प्रेस ५ वैशाख २०८२ १२:३२ | Friday, April 18, 2025
सिंहदरबारमा कर्मचारीहरूको धर्ना, संघीय ऐन जारी गर्न सरकारलाई दबाब

काठमाडौँ- निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिएका छन्। कर्मचारीहरूले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नुअघि धर्ना दिएका हुन्।

धर्नामा संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले सहभागिता जनाएका छन्। कर्मचारीहरूले २०८१ चैतको अन्तिम दिन आन्दोलनको चेतावनी दिएका थिए र बिहीबार विरोधका कार्यक्रमको घोषणा गरेका थिए।

ती कार्यक्रमहरूअन्तर्गत आज संघीय मामिलामन्त्री, कानुनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो। ज्ञापनपत्र बुझाउनुअघि कर्मचारीहरूले बैठक कक्ष अगाडि धर्ना दिएका हुन्।

कर्मचारीहरूले आगामी सोमबार सभामुखलाई ज्ञापनपत्र बुझाउने, विभागीय सचिव तथा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि तय गरेका छन्।

वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र वैशाख १२ गते शुक्रबार संसद् सचिवालय अगाडि भेला आयोजना गर्ने निर्णय गरेका छन्। कर्मचारी संगठनहरूले यस अघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन्।

प्रकाशित: ५ वैशाख २०८२ १२:३२ | Friday, April 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast