साहित्यमा नयाँ पुस्तालाई जोड्न कविता वाचन तथा विमर्श

हिमाल प्रेस ८ वैशाख २०८२ ९:२२ | Monday, April 21, 2025

बाँके- साहित्यमा नयाँ पुस्तालाई जोड्न बाँकेमा कलेजस्तरमा कविता वाचन तथा विमर्श कार्यक्रम सञ्चालन गरिएको छ। युवा कवि कपिल अञ्जानले समग्र पश्चिम क्षेत्रको साहित्यमा नयाँ पुस्ताका अनुहार कम देखिन थालेपछि यस्ता कार्यक्रम आयोजना गरिएको बताए।

विद्यार्थीलाई साहित्यमा समेट्न आइतवार कवि महेश पौड्यालको एकल कविता वाचन तथा विमर्श कार्यक्रम गरिएको कवि अञ्जानले जानकारी दिए।

कवि पौड्यालले एकल कविता वाचन तथा विमर्श कार्यक्रममा हालको समसामयिक, देशप्रेम, सिमाना, माया पिरतीलगायतका विविध विषयका डेढ दर्जन बढी लामा, छोटा कविता वाचन गर्दा विद्यार्थीले चासो दिएका जनाइएको छ।

कार्यक्रमम साहित्यकार प्रा डा. कृष्णप्रसाद घिमिरेले प्राविधिक शिक्षा पढेकालाई पनि साहित्यमा समेट्ने यो प्रयासमा कवि महेश पौड्याल जोडिनुले पनि अर्थ राख्ने बताए।

डा. रेवती सिंहले यस कार्यक्रमले आगामी दिनमा साहित्यमा अग्रसर हुन अध्ययनरत विद्यार्थीलाई हौसला दिने बताए। प्राचार्य शिशिर सापकोटाले साहित्यको विकास सँगसँगै विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई पनि हौसला थपिने बताए।

नेपाली साहित्यलाई साहित्य लेखनमा लागेका व्यक्तिभन्दा बाहिरसम्म लैजान जरुरी ठानेर अब स्कुल, कलेजसँग सहकार्य गर्दै जाने योजना बनाएको कवि डा. देवेन्द्र आचार्यले बताए।

प्रकाशित: ८ वैशाख २०८२ ९:२२ | Monday, April 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast