साइमेक्सले ल्यायो बीवाईडी ईभीमा परिमार्जित वारेन्टी

हिमाल प्रेस ३ वैशाख २०८२ २०:३० | Wednesday, April 16, 2025
साइमेक्सले ल्यायो बीवाईडी ईभीमा परिमार्जित वारेन्टी

काठमाडौँ- बीवाईडी अटो इन्डस्ट्रिजको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी) मा व्यापक विस्तारित वारेन्टी नीति लागू गर्ने घोषणा गरेको छ।

बीवाईडीका एडभान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजिमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउने भएको हो।

यो घोषणाअनुसार ग्राहकले पाउने सुविधाहरू :

ब्याट्री वारेन्टी – पहिले उपलब्ध ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्‍याइएको छ। यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज हो।

मोटर वारेन्टी – ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्‍याइएको छ।

होल भेइकल वारेन्टी – लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्टलगायतका कम्पोनेन्टमा हाल उपलब्ध ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी बढाएर ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर पुर्‍याइएको छ।

जनरल भेइकल पार्ट्स वारेन्टी – अन्य कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटर लगायतका विभिन्न पार्ट्स वाहेकका सबै भेइकल पार्ट्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर ७.५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटर पुर्‍याइएको छ।

 

प्रकाशित: ३ वैशाख २०८२ २०:३० | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast