काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा सांसद् दीपक बोहराको अन्त्येष्टी गरिएको छ। मंगलबार उपचारका क्रममा निधन ुभएका सांसद बोहराको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो।
त्यसअघि पशुपति आर्यघाटमा कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, सभामुख देवराज घिमिरे, विभिन्न दलका नेता लगायत पुगेर बोहरालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए भने बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइएको थियो।
मंगलबार बोहराको काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा ७४ बर्षको उमेरमा निधन भएको थियो। बोहराको जन्म बि.स २००७ चैत १८ मा भएको थियो।
प्रकाशित: २० चैत २०८१ १९:१२ | Wednesday, April 2, 2025
प्रतिक्रिया





