सहमहामन्त्रीका छोराले रक्सी चोरेको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, आरोप प्रमाणित गर्न चुनौती

हिमाल प्रेस १४ वैशाख २०८२ ११:५९ | Sunday, April 27, 2025
सहमहामन्त्रीका छोराले रक्सी चोरेको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, आरोप प्रमाणित गर्न चुनौती

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

यसअघिको बैठकमा लिङ्देनले सहमहामन्त्रीको छोराले भाटभटेनीमा रक्सी चोरेको अभिव्यक्ति दिएका थिए। लिङ्देनले कांग्रेस  सहमहामन्त्रीको छोराले चोरी गरेको भने पनि सहमहामन्त्रीको नाम खुलाएका थिएनन्। आजको बैठकमा घिमिरेले सोही आरोपको पुष्टि गर्न चुनौती दिएका हुन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा घिमिरेले अन्यथा शब्द फिर्ता लिएर क्षमयाचना गर्नुपर्ने उनको माग छ। प्रमुख सचेतक घिमिरेले झुटा अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने पनि बताए ।

गएको शुक्रबार संसद् बैठककै लिङ्देनले कांग्रेस सहमहामन्त्रीको छोरालाई चैत १५ गतेको घटनामा पक्राउ गरेर छाडिएको बताएका थिए।

प्रकाशित: १४ वैशाख २०८२ ११:५९ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast