सहकारी पीडितद्वारा काठमाडौँमा अर्धनग्न प्रदर्शन

हिमाल प्रेस १५ वैशाख २०८२ १६:१३ | Monday, April 28, 2025
सहकारी पीडितद्वारा काठमाडौँमा अर्धनग्न प्रदर्शन

काठमाडौँ- वित्तीय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै काठमाडौँमा अर्धनग्न प्रदर्शन गरेका छन्।

आफूहरुको मागलाई सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै उनीहरुले सोमबार काठमाडौँको माइतीघरमा अर्धनग्न प्रदर्शन गरेका हुन्।

लघुवित्त, सहकारी र मिटरब्याजी पीडितको वर्षाँैदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

सहकारी पीडित, लघुवित्त पीडित तथा मिटरब्याज पीडितहरुसँग यसअघि सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै पुनः आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ।

प्रकाशित: १५ वैशाख २०८२ १६:१३ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast