समीरको जन्मदिनमा ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक

हिमाल प्रेस १७ वैशाख २०८२ १४:१० | Wednesday, April 30, 2025
समीरको जन्मदिनमा ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक

काठमाडौँ- फिल्म ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार समीर भट्टको जन्मदिनको अवसरमा निर्माण टिमले टिजर सार्वजनिक गरेको हो।

भिडियोमा कलाकार भट्टका एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ, जहाँ देशभक्तिपूर्ण सन्देशका संवाद छ, ‘देशको चिन्ता। माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई। रगत उम्लियो जसको। आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म।’ भिडियोको अन्त्यमा समीरको आक्रोशपूर्ण चिच्याहट छ।

फिल्मका निर्देशक सन्तोष सेनकाअनुसार समीरमा कलाकारिता र अभिनयका सबै गुणलाई ‘बलिदान’ले उजागर गरेको छ। समीर भट्टसँगै फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय छ।

आसुसेन फिल्म्स्‌ को प्रस्तुति रहेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्मातामा हुन् ।

प्रकाशित: १७ वैशाख २०८२ १४:१० | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast