समाजवादीले कोशी प्रदेशको अधिवेशन लम्याएर गर्‍यो सर्वसम्मति, नेतृत्व चयनमा पार्टीको हस्तक्षेप

हिमाल प्रेस २९ चैत २०८१ ७:३४ | Friday, April 11, 2025
समाजवादीले कोशी प्रदेशको अधिवेशन लम्याएर गर्‍यो सर्वसम्मति, नेतृत्व चयनमा पार्टीको हस्तक्षेप

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले ३ दिनसम्म अधिवेशन लम्याएर सर्वसम्मति जुटाएको छ। अध्यक्षमा धर्म निरौला, महेश रेग्मी, केशव विष्टलगायतको दाबीका बीच पार्टी नेतृत्वले हस्तक्षेप गर्दै सरिता थापा खड्कालाई अध्यक्ष चयन गरिएको हो।

उपमहासचिव राजेन्द्र राई नेतृत्वको अध्यक्ष मण्डलले संखुवासभाकी खड्कालाई पार्टी प्रदेश अध्यक्ष र खोटाङका जलशेर राईलाई सचिव घोषणा गरेको हो।

यद्यपि उपाध्यक्ष पद भने एकीकृत समाजवादीले खाली नै राखेको छ। पोलिटब्युरो सदस्यहरू धर्म निरौला, महेश रेग्मी, केशव विष्ट र उदयपुर अध्यक्ष विनोद खड्का पनि दाबेदार थिए।

अध्यक्ष मण्डलले संखुवासभाबाट यसअघि प्रदेशसभा सदस्य रहिसकेकी खड्कालाई अध्यक्ष पदमा घोषणा गरेको हो।

प्रकाशित: २९ चैत २०८१ ७:३४ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast