 
                             
                                            काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले सरकारले सहमति, सम्झौता कार्यान्वयन नगर्दा शिक्षकहरूमा अविश्वास बढेको बताएका छन्। संघीय संसद्को आजको बैठकमा बोल्दै सभापति थापाले आन्दोलनरत शिक्षक कर्मचारीहरूसँग अविलम्ब वार्ता गरेर विश्वास दिलाएर विद्यालय फर्काउनुपर्ने बताएका हुन्।
संसद् बैठकमा सभापति थापाले भने, ‘२६ दिनदेखि शिक्षक कर्मचारीहरू आन्दोलनमा छन्। सरकारसँग वार्ता भइरहेको छैन। विद्यार्थीहरूको भविष्य अन्धकार बनिरहेको छ। सरकारले शिक्षकहरूलाई समय दिने, वार्ता गर्न सकिरहेको छैन। सरकारको काम सम्झौता गर्ने, कार्यान्वयन नगर्ने। कार्यान्वयन नगर्दा शिक्षकहरूले सरकारप्रति अविश्वास गरिरहेको अवस्था छ। सरकारले कसरी विश्वास दिलाएर अगाडि बढ्न सक्छ?’
सभापति थापाले सरकार र शिक्षकहरूको आन्दोलनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई पनि प्रभाव परिरहेको बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
 