संवैधानिक परिषद् विधेयक राष्ट्रियसभामा टेबल

हिमाल प्रेस १४ वैशाख २०८२ १८:०४ | Sunday, April 27, 2025
संवैधानिक परिषद् विधेयक राष्ट्रियसभामा टेबल फाइल तस्बिर।

काठमाडौँ– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभामा टेबल भएको छ।

प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरिएको हो। राष्ट्रियसभाको आइतबारको वैठकमा सभाका सचिव डा. सुरेन्द्र अर्यालले विधेयक टेबल गरेका हुन्।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्रको बेहोरा वाचन गरेर सभासमक्ष जानकारी गराएका थिए।

त्यसैगरी अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा समेत जानकारी गराएका थिए।

बैठकमा संविधानसभा सदस्य एवं प्रतिनिधिसभाका पूव सदस्य तीर्थराम डंगोल र प्रतिनिधिसभाका पूर्वसदस्य कमल कोइरालाको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ।

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पेस गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो। उनीहरुको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

त्यसैगरी बैठकमा पर्यटन विधेयक, २०८१ पेस गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयकसभा समक्ष पेस गरेका हुन्।

राष्ट्रियसभाको अर्को बैठक वैशाख १९ गते शुक्रबार अपरान्ह १ बजे र १५ मिनेटमा बस्नेछ।

प्रकाशित: १४ वैशाख २०८२ १८:०४ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast