 
                             
                                            काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले यही चैत २५ गतेबाट सुरु हुने आम शैक्षिक हडताल कार्यान्वयन गरी काठमाडौँमा जारी शिक्षक कर्मचारी आन्दोलनमा उपस्थिति जनाउन निर्देशन दिएको छ।
यो हडताल नेपाल शिक्षक महासंघको दोस्रो चरणको अन्तिम र निर्णायक कार्यक्रमको रूपमा आयोजित शैक्षिक सडक आन्दोलनको हिस्सा हो।
नेपाल शिक्षक महासंघले ‘काठमाडौँ जाऔं’ अभियान सुरु गरेपछि अब देशभरका विद्यालयहरू बन्द राखी काठमाडौँमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुने गरी आम शैक्षिक हडतालको घोषणा गरिएको छ।
परिषद्ले यस आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउन सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण विद्यालय कर्मचारीलाई अनिवार्य रूपमा आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ।
नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगी र अध्यक्ष गंगाराम तिवारीले उक्त निर्देशन कार्यान्वयन गर्न अपिल गरेका छन्।
‘हाम्रो एकजुटता र सक्रिय सहभागिता नै यस आन्दोलनलाई सफल बनाउनको प्रमुख कारण हुनेछ,’ उनीहरूले भने।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 