शेख हसिनाकी भतिजीविरूद्ध पक्राउ पुर्जी

हिमाल प्रेस ३१ चैत २०८१ २०:५९ | Sunday, April 13, 2025
शेख हसिनाकी भतिजीविरूद्ध पक्राउ पुर्जी ट्युलिप सिद्दीक

काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी भतिजी ट्युलिप सिद्दीकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

बंगलादेशको भ्रष्टाचार निरोधक आयोग (एसीसी) ले सिद्दीकविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी गरिएको सिद्दीक ब्रिटिस सांसद एवं पूर्वमन्त्री हुन्।

उनीमाथि अवैध रूपले जमीन प्राप्त गरेको आरोप लगाइएको छ। एसीसीले यो विषयमा छानबिन गर्न सिद्दीकविरूद्ध पक्राउ पुर्जी जारी गरेको बताइएको छ।

सिद्दीकमाथिको छानबिन पूर्वप्रधानमन्त्री हसिना शासनको जाँचको हिस्सा रहेको जनाइएको छ।

अवैध रुपले जमीन प्राप्त गरेको भनेर एसीसीले लगाएको आरोप झुटो रहेको उनले दाबी गरेकी छन्।

प्रकाशित: ३१ चैत २०८१ २०:५९ | Sunday, April 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast