शुक्लागण्डकीमा फोहोर व्यवस्थापनका लागि त्रिपक्षीय सम्झौता

हिमाल प्रेस १२ वैशाख २०८२ १३:५५ | Friday, April 25, 2025
शुक्लागण्डकीमा फोहोर व्यवस्थापनका लागि त्रिपक्षीय सम्झौता

तनहुँ- शुक्लागण्डकी नगरपालिकामा फोहोर व्यवस्थापन र वातावरण संरक्षणका लागि त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। नगर क्षेत्रबाट निस्कने फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न नगरपालिका, सूर्य नेपाल प्रालि र ग्रिन रोड कम्पनीबीच समझदारी भएको हो।

नगरप्रमुख कृष्णराज पण्डितका अनुसार सम्झौताअनुसार फोहोरमैला प्रशोधनका लागि आवश्यक मेसिनरी सामग्री सूर्य नेपाल प्रालिले उपलब्ध गराउनेछ। नगरपालिकाले फोहोर संकलन गरी प्रशोधन केन्द्रसम्म पुर्‍याउने छ भने ग्रिन रोड कम्पनीले त्यहाँ वर्गीकरण र प्रशोधनको काम गर्नेछ।

नगरप्रमुख पण्डितले यो संयोजनबाट नगरमा दिगो फोहोर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। बिहीबार सम्पन्न सम्झौतामा नगरपालिकातर्फबाट प्रमुख पण्डित, उपप्रमुख खुमबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले हस्ताक्षर गर्नुभयो। सूर्य नेपालका तर्फबाट कारखाना प्रमुख बाबुराम कार्की र गौतमकुमार यादव तथा ग्रिन रोड कम्पनीका तर्फबाट विमल बास्तोला, सञ्जीव बास्तोला र अजय केसीले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १२ वैशाख २०८२ १३:५५ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast