शिक्षा विधेयकमाथिको छलफल निष्कर्षतिर

हिमाल प्रेस ३१ चैत २०८१ ८:०५ | Sunday, April 13, 2025
शिक्षा विधेयकमाथिको छलफल निष्कर्षतिर उपसमिति बैठक । फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति उपसमितिले विद्यालय शिक्षा विधेयक–२०८० को १४६ दफासम्म छलफल टुंग्याएको छ।

सार्वजनिक बिदामासमेत बसेको उपसमिति बैठकले विधेयकमाथिको छलफल निष्कर्षतिर पुर्‍याएको उपसमिति सदस्य सरिता भुसालले हिमालप्रेसलाई जानकारी दिइन्।

उनले भनिन्,‘शिक्षा विधेयक-२०८० माथिको छलफल निष्कर्षतिर छ। १६३ दफामध्ये १४६ मा पुगेका छौं। ८० वटा (दफा होइन) भन्दा माथि विषयमा छलफल भइसक्यो। छलफल गर्दा क्रमशः गरेका छैनौं। कुनै अगाडि कुनै पछाडिका परेका छन्।’

उनको भनाइमा शिक्षकका सेवासुविधाका विषयमा अहिले छलफल भएको छैन। परीक्षाका बोर्ड, पाठ्क्रम, शिक्षक सेवा आयोग, शिक्षाको जिम्मेवारी र दायित्व संघ, प्रदेश र स्थानीय तहमा शिक्षासम्बन्धी जिम्मेवारी र दायित्व, कसुर तथा सजाय (अरूको नामबाट परीक्षा दिनेलगायत) विषयमा छलफल भएको छ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले उक्त विधेयकलाई तत्काल ऐनको रूप दिन माग गर्दै चैत २० गतेदेखि काठमाडौँमा आन्दोलन चर्काइरहेको छ।

प्रकाशित: ३१ चैत २०८१ ८:०५ | Sunday, April 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast