शिक्षा विधेयक : राहत र अस्थायी प्रकृतिका शिक्षकलाई दिइने सहुलियतबारे लागेन टुंगो

रमेश दवाडी १५ वैशाख २०८२ १२:०८ | Monday, April 28, 2025
12
SHARES
शिक्षा विधेयक : राहत र अस्थायी प्रकृतिका शिक्षकलाई दिइने सहुलियतबारे लागेन टुंगो उपसमिति बैठक। फाइल तस्बिर

काठमाडौँ-  संसदीय उपसमितिमा विद्यालय शिक्षा विधेयकका २३ वटा दफामा सहमति जुट्न बाँकी छ। संसद्को शिक्षाा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिमा विधेयकबारे दफाबार छलफल भइरहेको छ। विधेयकमा १६३ वटा दफा र १५ परिच्छेद छ।

शिक्षक बढुवा, राहत र अस्थायी प्रकृतिका शिक्षकलाई आयोगमा प्रतिस्पर्धा गर्दा कति प्रतिशत सहुलियत दिने भन्नेमा सहमति जुट्न सकेको छैन। यसैगरी निजी विद्यालयलाई शैक्षिक गुठीमा लैजाने या कम्पनीमा लैजाने भन्ने विषयमा पनि सहमति जुट्न नसकेको उपसमितिका एक सदस्यले बताए। यसैगरी निजी विद्यालयको कोष र विद्यालयको सम्पत्तिबारे पनि टुंगो लाग्न बाँकी छ।

उपसमिति स्रोतका अनुसार १५ परिच्छेदमा एक चरण छलफल सकिएको छ। तर २३ वटा दफामा सहमति जुट्न बाँकी छ।

समितिका ती सदस्यले भने, ‘१५ परिच्छेद सबैमा प्रवेश गरियो। केही केही दफामा छलफल गरेर निष्कर्ष निकाल्न बाँकी छ।’

यी विषयमा सहमति जुटाउन दलीय सहमति आवश्यक पर्ने निष्कर्षमा उपसमिति पुगेको छ। समितिले छलफल थालेको वैशाख १८ गते एक महिना पुग्नेछ। ३५ दिन समय पाएको उपसमितिले २२ गतेसम्म प्रतिवेदन बनाई समितिमा बुझाउने गरी छलफल भइरहेको छ।

प्रकाशित: १५ वैशाख २०८२ १२:०८ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast