शिक्षा मन्त्रालय ७ बुँदेभन्दा पनि पछाडि फर्कियाे, सशक्त आन्दोलनको विकल्प छैन : अध्यक्ष अधिकारी

हिमाल प्रेस १६ वैशाख २०८२ १०:१० | Tuesday, April 29, 2025
शिक्षा मन्त्रालय ७ बुँदेभन्दा पनि पछाडि  फर्कियाे, सशक्त आन्दोलनको विकल्प छैन : अध्यक्ष अधिकारी

काठमाडौँ- एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले अघि सारेका माग सम्बोधन गर्न तयार नभएको बताएका छन्।

अध्यक्ष अधिकारीले शिक्षा मन्त्रालय ७ बुँदेभन्दा पनि पछाडि फर्केको जानकारी दिँदै थप सशक्त आन्दोलनको तयारी थाल्नुपर्ने बताए। ७ बुँदेमा के कस्ता विषय थिए भन्ने उनले खुलाएनन्।

मंगलबार हिमालप्रेससँग अधिकारीले भने, ‘विद्या भट्टराई शिक्षामन्त्री हुनुहुँदा उहाँलाई नेपाल शिक्षक महासंघले तत्काल पूरा गर्न सकिने ७ बुँदे मागहरू दिएको थियो। उहाँको राजीनामापछि ७ बुँदेमा केही बुँदा थप गरे नयाँ शिक्षामन्त्री रघुजी पन्तलाई पठायौं। अहिले शिक्षा मन्त्रालय ७ बुँदेभन्द पनि पछाडि फर्किएको छ।’

सोमबार राति शिक्षा मन्त्रालयमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासंघ सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, महासचिव तुलामहादुर थापा र शिक्षामन्त्री रघुजी पन्तबीच छलफल भएको थियो।

दुबै पक्षले उक्त छलफल सकारात्मक भएको बताएका थिए। अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौँमा सुरु भएको सडक आन्दोलन आज २८ दिन पुगेको छ।

प्रकाशित: १६ वैशाख २०८२ १०:१० | Tuesday, April 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast