शिक्षा मन्त्रालयको आग्रहमा शिक्षा विधेयकमा छलफल गर्न महासंघ साढे ३ बजे जाने!

हिमाल प्रेस २८ चैत २०८१ १०:३३ | Thursday, April 10, 2025
शिक्षा मन्त्रालयको आग्रहमा शिक्षा विधेयकमा छलफल गर्न महासंघ साढे ३ बजे जाने!

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा विधेयक–२०८० मा छलफल गर्न आन्दोलनरत नेपाल शिक्षक महासंघलाई बोलाएपछि महासंघले आजको आन्दोलनका कार्यक्रम समापन छलफलमा जाने तयारी गरेको छ।

नेपाल शिक्षक महासंघका सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले हिमालप्रेससँग भनिन्, ‘शिक्षा मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न महासंघलाई बोलाएको छ। आज दिउँसो ३ः३० बजेतिर आन्दोलनका कार्यक्रम भ्याएर जाने कि भन्ने मनस्थिति बनाएका छौं।’

विधेयकमाथि छलफल गर्न कहाँ बस्ने त्यसको टुंगोचाहिँ लागिनसकेको संयोजक पराजुलीले जानकारी दिइन्।

त्यसैगरी उनले शिक्षा मन्त्रालयसँग वार्ताका लागि भनेर महासंघले समिति नबनाएको स्पष्ट पारिन्।

उनले भनिन्, ‘शिक्षा मन्त्रालयसँग वार्ता गर्न मेरो संयोजकत्वमा वार्ता समिति बनेको भनेर हिजो धेरै मिडियामा समाचार आयो। त्यसमा कुनै सत्यता छैन। त्यो झुट हो। वार्ता भनेपछि विभिन्न विषयमा सहमतिको कुरा हुन्छ। हामीलाई अहिले कुनै सहमति गर्नु नै छैन। हाम्रो एउटै माग शिक्षक महासंघसँग भएका सहमति अनुसार अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्छ भन्ने मात्रै हो। हल्ला र झुटको पछि नलाग्न सम्पूर्ण शिक्षक कर्मचारी साथीहरूलाई अनुरोध गर्दछु।’

शिक्षा विधेयकमा छलफल गर्न शिक्षा मन्त्रालयले महासंघको नाममा पत्र पठाएको छ, छलफलमा जान तयार छौं : नानुमाया पराजुली [कुराकानी]

 

प्रकाशित: २८ चैत २०८१ १०:३३ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast