शिक्षामन्त्री पन्तले लिए शपथ

हिमाल प्रेस ११ वैशाख २०८२ १६:५६ | Thursday, April 24, 2025
शिक्षामन्त्री पन्तले लिए शपथ राष्ट्रपति रामचन्द्र पौडेलबाट बिहीबार पद तथा गोपनीयताको शपथ लिँदै नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त। तस्बिर स्रोत : शीतल निवास

काठमाडौँ- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल सहभागी थिए।

विद्या भट्टराई राजीनामा दिएपछि एमाले सांसद पन्तलाई बुधबार राष्ट्रपतिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका थिए। समानुपातिक सांसद पन्त यसअघि श्रममन्त्री भएका थिए।

प्रकाशित: ११ वैशाख २०८२ १६:५६ | Thursday, April 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast