शिक्षक महासंघले भन्यो- कक्षा १२ को परीक्षा सञ्चालन गर्न धम्की आयो

हिमाल प्रेस ९ वैशाख २०८२ १६:२६ | Tuesday, April 22, 2025
शिक्षक महासंघले भन्यो- कक्षा १२ को परीक्षा सञ्चालन गर्न धम्की आयो

काठमाडौँ- कक्षा १२ को वार्षिक परीक्षा ११ गतेदेखि सुरु हुने तयारी भइरहेका बेला नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिले आज एक वक्तव्य जारी गर्दै परीक्षा सञ्चालनमा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आग्रह गरेको छ।

महासंघले जारी गरेको वक्तव्यमा राष्ट्रिय परीक्षा बोर्ड तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीहरूले केन्द्र परेको विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरूलाई धम्की दिँदै परीक्षा सञ्चालनमा सहभागी हुन दबाब दिएकोप्रति गम्भीर ध्यानाकर्षण गरिएको छ।

‘विगत २१ दिनदेखि काठमाडौँमा व्यापक सहभागितासहित जारी शैक्षिक सडक आन्दोलनलाई थप बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन परीक्षा प्रक्रियामा कुनै हालतमा सहभागी नहुन हामी सबैमा जोडदार आग्रह गर्दछौं,’ महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ।

महासंघले परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूलाई पनि काठमाडौँमा जारी आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ।

शिक्षक आन्दोलन : एक थोपा रगत रहुन्जेल लडिरहने महासंघको निष्कर्ष

प्रकाशित: ९ वैशाख २०८२ १६:२६ | Tuesday, April 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast