शिक्षकहरूको जायज माग सम्बोधन गर्न सरकारलाई सांसद लामाको आग्रह

हिमाल प्रेस १४ वैशाख २०८२ ११:३६ | Sunday, April 27, 2025
शिक्षकहरूको जायज माग सम्बोधन गर्न सरकारलाई सांसद लामाको आग्रह

काठमाडौँ- संघीय संसद्को आजको बैठकमा सांसद तारा लामाले आन्दोलनरत शिक्षकहरूको जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। उनले शिक्षाको अधिकारलाई सुनिश्चित गर्न शिक्षकहरू र सरकारले व्यवहारिक रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

‘धेरै दिनदेखि आन्दोलनरत शिक्षकज्यूहरूको जायज मागहरू यथासम्भव सम्बोधन गर्न, साथै सर्वोच्च अदालतले आदेश दिइरहेको सन्दर्भमा, गुरुज्यूहरूले पनि व्यवहारिक कुरालाई ध्यान दिँदै यो आन्दोलनलाई छिटो टुंग्याउनुपर्छ,’ सांसद लामाले भने।

उनले साना बालबालिकाको नैसर्गिक अधिकारको रूपमा रहेको शिक्षालाई सुचारु गर्न आवश्यक रहेको बताउँदै भर्ना सिजनको समय भएकाले अभिभावक र विद्यार्थीको हैसियतले सरकार र शिक्षक दुबै पक्षको ध्यानाकर्षण गराए।

प्रकाशित: १४ वैशाख २०८२ ११:३६ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast