शिक्षकहरूका माग तुरुन्त सम्बोधन गर्न सरकारलाई जनमतको आग्रह

हिमाल प्रेस ७ वैशाख २०८२ १६:४५ | Sunday, April 20, 2025
शिक्षकहरूका माग तुरुन्त सम्बोधन गर्न सरकारलाई जनमतको आग्रह

काठमाडौँ- जनमत पार्टीले आन्दोलनरत शिक्षकहरूको मागलाई तुरुन्त सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ। पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै शिक्षक आन्दोलनको समाधान र शिक्षा ऐन शीघ्र जारी गर्न माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको शिक्षा नीति, ऐन, कानुन र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्यौल अन्त्य गर्नुपर्ने आवश्यकता देखिन्छ।’

जनमत पार्टीका अनुसार शिक्षा क्षेत्रमा देखिएको अन्यौलताले शिक्षक, विद्यार्थी र सम्पूर्ण अभिभावक प्रभावित भएका छन्।

प्रवक्ता डा. यादवले सरकार र आन्दोलनरत शिक्षकहरूबीच तत्काल वार्ता थालनी गरी न्यायोचित मागहरू सम्बोधन गर्न माग गरेका छन्। साथै उनले शिक्षा क्षेत्रको सुधार र स्थायित्वका लागि शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेमा जोड दिएका छन्।

जनमत पार्टीले शिक्षकको सम्मान, विद्यार्थीको अधिकार र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षा ऐन आवश्यक भएको बताएको छ।

शिक्षक आन्दोलन १९ दिनभन्दा बढी समयदेखि जारी रहँदा सामुदायिक विद्यालयहरू ठप्प छन् भने करिब ५५ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।

प्रकाशित: ७ वैशाख २०८२ १६:४५ | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast