शशांकको घरमा कांग्रेस नेताहरूको जमघट (तस्बिरहरू)

हिमाल प्रेस ११ वैशाख २०८२ १६:१६ | Thursday, April 24, 2025
शशांकको घरमा कांग्रेस नेताहरूको जमघट (तस्बिरहरू)

काठमाडौँ- नेपाली कांग्रेसका नेता शशांक कोइरालाको घरमा कांग्रेस नेताहरूको जमघट भएको छ।

लोकतन्त्र दिवसको अवसरमा कोइरालाले महाराजगञ्जस्थित निवासमा आयोजना गरेको चियापान कार्यक्रममा नेताहरूको जमघट भएको हो।

कांग्रेसको १५ औँ महाधिवेशनका सन्दर्भमा आन्तरिक ध्रुवीकरण बढिरहेका बेला कोइराला निवासमा नेताहरू जम्मा भएका हुन्।

चियापान कार्यक्रममा उप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री दीपक खड्का, नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, एनपी साउद, प्रवक्ता प्रकाशशरण महत, महेश आचार्य, दीपक गिरी, पार्टीका केन्द्रीय सदस्यहरू, भातृ तथा शुभेच्छुक संस्थाका नेता, कार्यकर्ताको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसलाई बलियो बनाउन गुटउपगुट अन्त्य गर्नुपर्नेमा जोड दिए। लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताउँदै उनले यसको रक्षार्थ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिए।

प्रकाशित: ११ वैशाख २०८२ १६:१६ | Thursday, April 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast