शक्ति संघर्षको कथामा आधारित फिल्म ‘शिवांश : च्याप्टर १’ बन्दै

हिमाल प्रेस १७ वैशाख २०८२ ११:४९ | Wednesday, April 30, 2025
शक्ति संघर्षको कथामा आधारित फिल्म ‘शिवांश : च्याप्टर १’ बन्दै

काठमाडौँ- ‘शिवांश’ नामक फिल्म बन्ने भएको छ। निर्माण पक्षले बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवाशं : च्याप्टर १’ निर्माणको घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा कलाकार प्रवीण खतिवडालाई फलामको साङ्लोले बाँधिएको अवस्थामा देखाइएको छ। अनुहारको आधा भाग मात्र देखिएको उक्त दृश्यमा उनी विरोधीको नियन्त्रणमा परेका छन् भन्ने अनुमान गर्न सकिन्छ।

पोस्टरमा एक व्यक्तिको अगाडि सिंगो गाउँमा आगो लागेको दृश्य देखिन्छ, जसले फिल्म शक्ति संघर्षमा आधारित रहेको संकेत गरेको छ। कथावस्तुबारे निर्माणपक्षले थप विवरण सार्वजनिक गरेको छैन। पोस्टर फोटोग्राफी युवाहाङ राईले गरेका हुन् भने आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी रहेका छन्।

फिल्मका निर्देशक सन्तोष कुमार आत्रेय हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन् भने विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको पनि अभिनय रहनेछ।

फिल्मको कथा अञ्जान केसीले लेखेका हुन्। पटकथा भने बारत लिम्बूले तयार पारेका छन्। फिल्मको स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती रहनेछन्।

फिल्मका लेखक केसीकै लगानी रहेको फिल्ममा सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। फिल्म अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुनेछ।

फिल्मको गीतमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चौहानको नृत्य निर्देशन, सरद महतोको सिनेमाटोग्राफी रहनेछ। गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक छन्। स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहने निर्माण टिमले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८२ ११:४९ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast