वैदेशिक रोजगारी ऐन संशोधन गर्ने प्रक्रिया सुरू भइसकेको छ : मन्त्री भण्डारी

हिमाल प्रेस ४ वैशाख २०८२ १४:५६ | Thursday, April 17, 2025
वैदेशिक रोजगारी ऐन संशोधन गर्ने प्रक्रिया सुरू भइसकेको छ : मन्त्री भण्डारी

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन्।

बिहीबार सिंहदरबारमा नेपाल वैदेशीक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिसँगको छलफलका क्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयकलाई संघीय संसदको अबको अधिवेशनमा प्रस्तुत गर्ने गरी तयारी भइरहेको जानकारी दिए।

उनले सकेसम्म अबको अधिवेशनबाटै वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने कानून पारित गरिने जिकिर गरे। वैदेशीक रोजगार ऐनका लागि कार्यदलले छलफल सुरु गरेको अवस्थामा समयसापेक्ष सुधार गर्दै अघि बढ्ने भण्डारीले बताए।

मन्त्री भण्डारीले वैदेशीक रोजगार व्यवसायलाई मर्यादित बनाउने जिम्मेवारी स्वयं व्यवसायीहरुको भएको उल्लेख गरे।

वैदेशिक रोजगार व्यवसायीले इमान्दारीताका साथ व्यवसाय गरे सरकारलाई पनि सहजीकरण गर्न सहज हुने उनको भनाइ छ।

प्रकाशित: ४ वैशाख २०८२ १४:५६ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast