विश्वविजेता कार्लोस आज एनएसएलको खेल हेर्न रंगशाला जाने

हिमाल प्रेस १० वैशाख २०८२ ११:२८ | Wednesday, April 23, 2025
विश्वविजेता कार्लोस आज एनएसएलको खेल हेर्न रंगशाला जाने विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल उत्रेपछि दशरथ रंगशालामा। तस्बिर : एनएसएल

काठमाडौँ- विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस मंगलबार नेपाल आइपुगेका हुन्। कार्लोस मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

उनलाई एनएसएलको आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का पदाधिकारी लगायतले स्वागत गरेका थिए। उनी आज नेपाल सुपर लिग (एनएसएल)को खेल हेर्न त्रिभुवन रंगशाला पुग्दैछन्। उनले आज धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन्।

एनएसएलको आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट कम्पनीले उनलाई नेपाल आमन्त्रण गरेको हो। उनी यसअघि नै नेपाल आउने कार्यतालिका थियो। तर, आकस्मिक बिरामीका कारण कार्लोस पूर्वनिर्धारित समयभन्दा केही ढिला गरेर नेपाल आइपुगेका हुन्।

कार्लोसलाई विश्वकै उत्कृष्ट रक्षकमध्ये एक मानिन्छ। ५१ वर्षीय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए। उनीले सन् २००२ को फिफा विश्वकप जितेका थिए।

उनले ब्राजिलका १२५ खेलमा १० गोल गरेका छन्।

प्रकाशित: १० वैशाख २०८२ ११:२८ | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast