विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने तीन प्रहरीमाथि कारबाही

हिमाल प्रेस ३ वैशाख २०८२ १५:१० | Wednesday, April 16, 2025
विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने तीन प्रहरीमाथि कारबाही

काठमाडौँ-  स्वदेश फर्किएका एक युवकमाथि दुर्व्यवहार गर्ने तीन प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। चैत ३१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा स्वदेश फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

सोही भिडियोलाई लिएर प्रहरी प्रशासनको आलोचना भएपछि तीनजना प्रहरी कर्मचारी कारबाहीमा परेका हुन्। उक्त कार्यमा संलग्न देखिएका तीनजना प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए।

खनालका अनुसार तीनैजनालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबि तथा अनुसन्धान भइरहेको छ।

प्रकाशित: ३ वैशाख २०८२ १५:१० | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast