 
                             
                                            काठमाडौँ- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन हुन्।
भिसाकको साथबाट ६ किलो ९७० ग्राम गाँजा बरामद भएको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
राठौरका अनुसार गाँजासहित पक्राउ परेका भिसाक गएराति थाई एयरको उडानमार्फत बैंककबाट नेपाल आएका थिए।
‘थाई एयरको उडानमार्फत बैंकक हुँदै नेपाल आएका उनको लगेज जाँचका क्रममा यो परिमाणमा गाँजा फेला परेपछि पक्राउ गरिएको हो,’ राठौरले भने।
भिसाकलाई थप अनुसन्धानका लागि लागुऔषध ब्यूरो कोटेश्वर पठाइएको छ।
                            प्रकाशित: २ वैशाख  २०८२ १४:५२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 