विद्यालयमा चाबी लगाएर आन्दोलनमा सहभागी हुन कर्मचारीलाई निर्देशन

हिमाल प्रेस ९ वैशाख २०८२ १७:११ | Tuesday, April 22, 2025
विद्यालयमा चाबी लगाएर आन्दोलनमा सहभागी हुन कर्मचारीलाई निर्देशन फाइल तस्बिर

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी ऐतिहासिक आन्दोलनमा विद्यालय कर्मचारीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न विशेष निर्देशन जारी गरेको छ।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले परिषद्ले ७ वटै प्रदेश, ७७ जिल्लाका कार्यसमिति, ७५३ स्थानीय कार्यसमिति तथा सम्पूर्ण विद्यालय कर्मचारीहरूलाई सम्बोधन गर्दै आन्दोलनप्रति गम्भीर हुन आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ,‘नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेको सन्दर्भमा विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नतिजा प्रकाश र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आयको हुँदा जारी प्रेस विज्ञप्तिमार्फत सूचना प्राप्त भएको २४ घण्टामा चाबी लियरै काठमाडौँमा जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ।’

परिषद्ले जारी शैक्षिक हडताललाई सामान्य सुविधा प्राप्तिको आन्दोलन नभई समग्र शिक्षा प्रणाली सुधारको आन्दोलन भएको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ,‘यो आन्दोलन शिक्षा ऐनको मागमा मात्र आधारित छैन, यो पञ्चायती व्यवस्थाको अवशेष रूपमा रहन पुगेको पुरानो कानुनको प्रतिस्थापन तथा मूलकानुन निर्माणको अभियान हो।’

यसैबीच, शिक्षक/कर्मचारीहरूले आफ्नो सुविधाको लागि अरूको हक हनन गरेका भन्ने अभिव्यक्तिप्रति परिषद्ले कडा आपत्ति जनाएको छ। ‘यस प्रकारका भ्रामक प्रचारप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं,’विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ वैशाख २०८२ १७:११ | Tuesday, April 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast