विदेश बस्नेलाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नम्बर नचाहिने

हिमाल प्रेस २८ चैत २०८१ १२:३५ | Thursday, April 10, 2025
विदेश बस्नेलाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नम्बर नचाहिने राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले विदेशमा बसोवास गरिरहेका नेपाली नागरिकले विदेशमै बसेर अनलाइनमार्फत बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य नहुने व्यवस्था गरेको छ।

बुधबार जारी परिपत्रबाट नै विदेशमा रहेका नेपालीका लागि बैंक खाता खोल्नमा आएको समस्या हल गरिएको राष्ट्र बैंकले जनाएको छ।

यसअघि गत माघ १ देखि बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र वा यसको नम्बर अनिवार्य गरिएपछि विदेशमा रहेको नेपालीले बैंक खाता खोल्न समस्या भएको कारण यो सुविधा दिएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए।

उनका अनुसार अब विदेशबाट नागरिकता वा राहदानीकै आधारमा खाता खोल्न सकिने भएको छ। तर यसरी खाता खोल्ने नेपाली नागरिक स्वदेश फर्किएको ३५ दिनभित्र सम्बन्धित बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

राष्ट्रिय परिचयपत्र बाहेकका अन्य आवश्यक कागजातको आधारमा बैंक खाता खोल्न र कारोबार गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले मिलादिएको प्रवक्ता पौडेलले बताए।

यसका अलवा आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, असक्त, असहाय नागरिकले पनि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक नहुने उनको भनाइ छ।

प्रकाशित: २८ चैत २०८१ १२:३५ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast