‘विदेशबाट नेपाल आउँदा राष्ट्रिय माहोल बिग्रिएको देख्दा दुःख लाग्छ’

हिमाल प्रेस ४ वैशाख २०८२ १९:३७ | Thursday, April 17, 2025
‘विदेशबाट नेपाल आउँदा राष्ट्रिय माहोल बिग्रिएको देख्दा दुःख लाग्छ’ परराष्ट्रमन्त्री आरजु राणा देउवा

काठमाडौँ– परराष्ट्रमन्त्री आरजु राणा देउवाले देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले देश बन्दैन भन्नेहरूको पछि नलाग्न आग्रह गर्दै देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताएका हुन्।

मन्त्री राणाले सधैँ बाह्य सहयोगको भरमा मुलुक रहिरहन नहुने भन्दै युवा शक्तिको परिचालन गर्दै स्वदेशमा नै उत्पादनमा जोड दिनुपर्ने धारणा राखिन्। यसका लागि सहि नीति बनाउनुपर्ने उनले बताइन्।

आफु विदेश जाँदा नेपालको परराष्ट्रमन्त्री भनेपछि इज्जत गर्ने भन्दै उनले देशमा आएपछि राष्ट्रिय माहोल बिग्रिएको देख्दा आफूलाई दुःख लाग्ने गरेको उल्लेख गरिन्। परराष्ट्रमन्त्री राणाले राजावादीको जुलुसमा हजार जना जम्मा नहुँदा पनि अन्य देशका मिडियाहरुले नेपालमा सत्ता नै पल्टिन लागेजस्तो गरेर प्रचार गरेको धारणा राखिन्।

उनले सञ्चारमाध्यमले राम्रा कुराको नभइ नराम्रो कुराको प्रचार गर्ने गरेको जिकिर गरिन्। राणाले मन्त्रीको कुर्सीमा भोली जो पनि आउन सक्ने भन्दै पदलाई प्रमुख कुरा नठान्न सुझाव दिइन्।

प्रकाशित: ४ वैशाख २०८२ १९:३७ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast